म्याग्दी, । म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनःचुनाव जितेलगत्तै किताब बिक्री गर्न पोखरा पुग्नुभएको छ । स्वतन्त्र उम्मेदवार बनेर दोब्बर मतान्तरसहित जित हासिल गरेका पुनले सोमबार पोखराको पृथ्वीचोक, महेन्द्रपुललगायत ठाउँमा आफ्नो आत्मकथा बिक्री गरेका छन् ।
“एकैदिन ८०० पुस्तक बिक्री गरेर रु छ लाख आम्दानी भयो”, उनले भने, “बिक्रीका लागि काठमाडौँबाट थप पुस्तक मगाएको छु ।” पोखरामा पुनसँग फोटो खिच्ने र हस्ताक्षर गरेर किताब किन्नेको भिड लागेको थियो । पुनः संस्थापक रहेको राष्ट्रिय आविस्कार केन्द्रमार्फत वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन महावीरले तीन वर्षयता आत्मकथा पुस्तक लेखेर बिक्री गर्दै आएका छन् ।
अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजिनामा दिएर पुनले जन्मथलो म्याग्दीमा चुनाव लड्न आएको थियो । उनले जेनजी आन्दोलन अघि पनि देशका विभिन्न ठाउँ पुगेर किताब बेच्ने गर्दै आएको थियो ।
गत भदौको २३ र २४ जेनजी आन्दोलनपछि पूर्वप्रधानान्यायाधीश सुशीला कार्की नेतृत्वमा गठन भएको अन्तरिम सरकारमा उनी करिब चार महिना शिक्षामन्त्री बन्नुभयो । स्वतन्त्र उम्मेदवार पुनले लोकप्रिय मतका साथ म्याग्दीमा चुनाव जितेलगत्तै समर्थकलाई विजयउत्सव मनाउने नाममा तडकभडक नगर्न अनुरोध गर्दै आफ्नै पुरानो दिनचर्यामा फर्कनुभएको हो ।
पुनले २२ हजार ८५० मत ल्याएर विजयी भएको थियो । उनका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्६ी ९एमाले०का हरिकृष्ण श्रेष्ठले सात हजार ९१० मत पाए । नेपाली कांग्रेसका कर्णबहादर भण्डारीले छ हजार ६७६ मत पाए । निर्वाचन आयोगले निर्वाचनको सबै परिणाम सार्वजनिक गरिनसकेको र फुर्सदको समय सदुपयोगका लागि पुस्तक बिक्री गर्न निस्किएको पुनले बताए ।
प्रतिक्रिया दिनुहोस्