मेष आफ्ना कमजोरी प्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्न सक्छन् । अवसर हातबाट गुम्ने सम्भावना छ । काममा ध्यान दिनुहोस् । उपहारका नाउँमा काम नलाग्ने वस्तु मात्र हात लागि हुन सक्छ ।
वृष आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर मिल्नेछ । कीर्तिमानी काम सम्पन्न गर्ने समय छ । नयाँ काममा हात हाल्ने बेला आएको छ । मान र विद्या प्राप्त हुनेछ । टाढाको यात्रा पनि हुन सक्छ ।
मिथुन साथीभाइबाट फाइदा उठाउन सकिने दिन छ । उच्च महत्वाकांक्षाले सोचेको काम पूर्ण रूपमा सम्पादन हुनेछ । खर्च भएपनि मन चाहेको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका पनि जुट्न सक्छ ।
कर्कट खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । विपरीत लिंगी वा हितैसी मित्रहरूले साथ दिनेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्दा मन खिन्न हुने सम्भावना छ । स्वास्थ्य कमजोर भएको खण्डमा कामको बोझ बढी लाग्नेछ ।
सिंह विशेष पदमा रहेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ । खानपानमा पनि सजक रहनुहोस् । अवसर आएपनि अरूको मुख ताक्ने बानीले काममा बाधा पुर्याउन सक्छ । विशेष उपहारसहित प्रेमको प्रस्ताव पनि प्राप्त हुन सक्छ ।
कन्या लुगा, भोजन र विशेष उपहार हात लागि हुनेछन् । भोग विलासमा मन रमाउनेछ । कृषि व्यवसाय तथा पशुपालनबाट फाइदा मिल्ने दिन छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउनेछ ।
तुला विपरीत लिंगीको माध्यमबाट लाभ हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोस् । पारिवारिक भेटघाटले मनमा आनन्द दिनेछ ।
वृश्चिक धनमाल हराउने, ठगीमा परिने वा दृष्टि भ्रममा पर्ने ग्रहयोग छ । आँखाको समस्याले सताउन सक्छ । विशेष अवसर आएपनि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । आफ्नाबाट धोका पाइनेछ । अनायसै खर्च बढ्नेछ ।
धनु आम्दानीभन्दा बढी खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरेको लगानी र श्रमबाट कम प्रतिफल पाइनेछ । ठूला व्यक्तिबाट मान सम्मान प्राप्त हुनेछ । मिठा भोजनको अवसर पनि रहनेछ ।
मकर परिवारजनसँग असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ । तर व्यवसायबाट फाइदा हुने दिन छ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोगले विशेष अवसर प्राप्त हुनेछ । धन लाभ हुने सम्भावना छ ।
कुम्भ यात्रा र सवारी साधनको प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ । पढाइ राम्रो छैन । आवश्यक रकम हात लागि नहुँदा आर्थिक अभावले सताउनेछ । अधैर्यपना बढ्नेछ र काम नबन्ने डरले तनाव बढ्न सक्छ ।
मीन ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउनेछ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिनेछ । सोचेको काम समयमा नबन्नाले दुःख हुने सम्भावना छ । भोज भतेरको निम्तो आएपनि नियमित कामको चिन्ताले मन खिन्न हुनेछ ।
प्रतिक्रिया दिनुहोस्