Ads

२०८२ चैत्र २ गते सोमबार, तपाईको दैनिक राशिफल


मेष सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । यात्राको योग रहेको छ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्ने सम्भावना छ । जग्गा जमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ ।

वृष शरिरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नुपर्दा मन खिन्न हुन सक्छ । मानसिक तनाव बढ्ने सम्भावना छ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्नुका साथै शरिरमा आलस्यता बढ्नेछ ।

मिथुन मनग्य धन कमाउने अवसर मिल्नेछ । अरूको मन जित्न सजिलै सकिनेछ । आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लाग्ने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिनेछ । तर काममा रुचि घट्न सक्छ र मनमा नकारात्मक विचार आउन सक्छन् ।

कर्कट अरूबाट तपाईंका कामको उच्च मूल्यांकन हुने संकेत देखिन्छ । बोलीको कदर हुनेछ । कुनै विशेष खुशीको समाचार सुन्न पाइनेछ । राम्रो कामका लागि अनुकूल वातावरण बन्नेछ । दिन दुःखीलाई दिएको सहयोगले रोकिएका काम बन्न सक्छन् ।

सिंह व्यवसायिक क्षेत्रमा लाभप्रद समय रहेको छ । पुराना इष्टमित्र तथा प्रेमी प्रेमिकासँग भेटघाट हुने सम्भावना छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।

कन्या बोलीको विपरीत अर्थ लाग्न सक्छ, त्यसैले बोलीलाई नियन्त्रणमा राख्नु उचित हुनेछ । व्यापारमा केही हानी व्यहोर्नु पर्ने सम्भावना छ । कर्मचारीले अपजस सहनु पर्न सक्छ । यात्रा जोखिमपूर्ण बन्न सक्छ, त्यसैले यात्रा नगरेकै राम्रो हुन्छ ।

तुला विश्वास गरेका व्यक्तिबाट विश्वासघात हुने सम्भावना छ । पारिवारिक समस्याले मन खिन्न हुन सक्छ । अध्ययन, अध्यापन तथा लेखनमा खासै रुचि नदेखिन सक्छ । चोट पटकको भय पनि देखिन्छ ।

वृश्चिक मिष्ठान्न भोजन प्राप्त हुने सम्भावना छ । पठन पाठनमा प्रगति हुनेछ । नसोचेका कामहरू बन्नेछन् । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता बढ्नेछ । विपरीत लिङ्गीबाट सहयोग प्राप्त हुनेछ ।

धनु समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ । व्यवसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषजनक रहनेछ ।

मकर सानातिना काम तथा घरेलु समस्यामै समय बित्न सक्छ । प्रत्येक काममा बाधा अड्चन आउने सम्भावना छ । वादविवादमा फस्ने तथा प्रतिफल नआउने क्षेत्रमा लगानी हुन सक्छ । यद्यपि बौद्धिक र सृजनात्मक क्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भ सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार तथा धार्मिक कार्यतर्फ मन जानेछ । दाम्पत्य जीवन सुखद र समृद्ध बन्ने संकेत देखिन्छ । आम्दानी उल्लेख्य रूपमा बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ ।

मीन काममा माता पिताको सहयोग प्राप्त हुनेछ । माता पिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित बनाउन सक्छ । सवारी साधन प्राप्तिको योग छ । व्यापारमा लाभ हुनेछ । धर्म कर्ममा रुचि बढ्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू