ड्रोन आक्रमणपछि संयुक्त अरब इमिरेट्सकाे दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।
यात्रु र कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न सावधानीस्वरूप सबै उडान स्थगित गरिएको जनाइएको छ ।
सरकारी अधिकारीहरूका अनुसार विमानस्थल नजिकैको इन्धन भण्डारण ट्याङ्कीमा आगलागी भएपछि उडान सेवा रोकिएको हो। ड्रोन आक्रमणपछि विमानस्थल आसपासको क्षेत्रमा लागेको आगो नियन्त्रणमा लिन दमकल तथा आपत्कालीन टोली परिचालन गरिएको छ ।
दुई साताअघि अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथि आक्रमण गरेपछि उत्पन्न युद्धमा इरानले मिसाइल तथा ड्रोन प्रत्याक्रमण बढाएको छ । विशेषगरी अमेरिकी कूटनीतिक नियोग, सैन्य अड्डा, तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालय भवन आक्रमणको प्रमुख लक्ष्य देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्