Ads

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल


राष्ट्रपति रामचन्द्र पौडेल पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली लाई भेट्न गुण्डुस्थित निवास पुगेका छन्।

राष्ट्रपति पौडेलले शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। उनले दिवंगतको तस्वीरमा माल्यार्पण गर्दै आत्माको चिरशान्तिको कामना समेत व्यक्त गरेका छन्।

यस भेटघाटले राष्ट्रिय राजनीतिक नेतृत्वबीचको मानवीय संवेदनशीलता र दुःखको घडीमा देखिएको सहानुभूतिको सन्देश दिएको छ।

Ads

सम्बन्धित पोष्टहरू