Ads

२०८२ चैत्र ४ गते बुधबार, तपाईको दैनिक राशिफल


मेष काममा माता पिताको सहयोग प्राप्त हुनेछ । विशिष्ट व्यक्तिको विचारले तपाईंलाई प्रभावित पार्न सक्छ । सवारी साधन प्राप्तिको योग रहेको छ भने व्यापारमा लाभ हुने संकेत देखिन्छ । समाजमा प्रतिभाको कदर हुनेछ। धर्म कर्ममा रुचि बढ्नेछ ।

वृष सन्तान वा अनुयायीका माध्यमबाट लाभ लिन सकिनेछ । यात्राको योग रहेको छ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन् । जग्गा जमिन वा घरायसी सम्पत्ति सम्बन्धी चिन्ताले सताउन सक्छ । समाजमा आलोचना हुने सम्भावना छ ।

मिथुन थकानको अनुभव हुनेछ । अप्रिय समाचारले मन खिन्न बनाउन सक्छ । आकस्मिक रूपमा स्वास्थ्य समस्या आउन सक्छ । खर्च बढ्नेछ र शरीरमा आलस्यता बढ्ने संकेत छ । विश्वास गरेका व्यक्तिबाट धोका हुन सक्छ ।

कर्कट राम्रो आम्दानी गर्ने अवसर प्राप्त हुनेछ । अरूको मन जित्न सकिनेछ । उठ्नुपर्ने रकम हात लाग्नेछ र आम्दानी बढ्ने संकेत छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिनेछ । तर, काममा रुचि घट्ने र नकारात्मक सोचले असर पार्न सक्छ ।

सिंह तपाईंका कामको अरूबाट उच्च मूल्यांकन हुनेछ । बोलीको कदर हुनेछ । खुशीको समाचार सुन्न पाइनेछ । राम्रो कामका लागि अनुकूल वातावरण बन्नेछ । दिन दुःखीलाई गरिएको सहयोगले रोकिएको काम बन्न सक्छ ।

कन्या व्यवसायिक क्षेत्रमा लाभप्रद समय छ । पुराना इष्टमित्र तथा प्रेमी प्रेमिकासँग भेटघाट हुने सम्भावना छ । उद्योग र व्यापारमा राम्रो फाइदा हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा अपेक्षित सफलता मिल्नेछ ।

तुला बोलीको गलत अर्थ लाग्न सक्छ । व्यापारमा हानि र कर्मचारीतर्फ अपजस व्यहोर्नुपर्ने सम्भावना छ । यात्रा जोखिमपूर्ण हुन सक्छ, त्यसैले सतर्कता आवश्यक छ । विश्वास गरेका व्यक्तिबाट धोका हुन सक्छ ।

वृश्चिक विश्वास गरेका व्यक्तिबाट धोका हुन सक्छ । पारिवारिक समस्याले मन खिन्न बनाउनेछ । अध्ययन, अध्यापन तथा लेखनमा रुचि घट्नेछ । माता पिताको स्वास्थ्यमा कमजोरी देखिन सक्छ ।

धनु मिठा परिकारको आनन्द लिन पाइनेछ । पठन पाठनमा प्रगति हुनेछ । नसोचेका कामहरू सफल हुनेछन् । आत्मविश्वास र निर्णय क्षमता बढ्नेछ । विपरीत लिङ्गबाट सहयोग मिल्नेछ । धन आर्जनका अवसर प्रशस्त छन् ।

मकर समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ । व्यवसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगति बारे खुशीको खबर सुन्न पाइनेछ । पारिवारिक जीवन सन्तोषजनक रहनेछ ।

कुम्भ साना काम र घरेलु समस्यामा समय व्यतीत हुनेछ । वादविवादमा फस्ने सम्भावना छ । प्रतिफल नआउने क्षेत्रमा लगानी हुन सक्छ । बौद्धिक र सृजनात्मक क्षेत्रमा भने सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ, जसले दैनिक काम प्रभावित पार्न सक्छ ।

मीन सामाजिक उत्तरदायित्व पूरा गर्ने समय छ । परोपकार र धार्मिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखद र समृद्ध रहनेछ । आम्दानी बढ्ने संकेत छ । पारिवारिक सुख मिल्नेछ र अध्ययन अध्यापनमा प्रगतिको खबर प्राप्त हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू