Ads

२०८२ चैत्र ५ गते बिहिबार, तपाईको दैनिक राशिफल


मेष पशुधन र जमिनबाट सामान्य लाभ लिन सकिनेछ । आमाको सहयोगबाट काम बन्ने संकेत छ । केही अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । समुदायको हितमा काम गर्ने अवसर प्राप्त हुनेछ ।

वृष मेहनतको उचित प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूको राम्रो साथ मिल्नेछ । रोकिएका काम सम्पन्न हुने र नयाँ काम सुरु गर्ने अवसर प्राप्त हुनेछ । भौतिक साधन जुट्नेछन् र सम्मान पाइनेछ ।

मिथुन उद्योग र व्यापारमा विशेष लाभ हुने समय छ । प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सकिनेछ । टाढाको यात्राको सम्भावना छ । सुखद समाचार प्राप्त हुनेछ । स्वास्थ्य राम्रो रहनेछ र काममा सफलता मिल्नेछ ।

कर्कट गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । केही समस्या देखिएपनि आम्दानी बढ्नेछ । व्यवसायिक यात्राको योग छ । दाम्पत्य जीवन सुखद रहनेछ ।

सिंह सोच विचार नगरी बचन दिने बानीले समस्या निम्त्याउन सक्छ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नु उचित हुनेछ । प्रियजनसँगको भेटले दिन रमाइलो बनाउनेछ ।

कन्या मनमा केही डर भएपनि अवसरहरू प्राप्त भइरहनेछन् । बोलीको प्रभाव बढ्नेछ । सही समयमा सही निर्णय लिन सकिनेछ । पहिले असफल देखिएको कामबाट पनि उत्साह मिल्नेछ ।

तुला कार्य सम्पादन क्षमता बढ्नेछ । केही अवसर गुम्न सक्ने भएकाले सतर्क रहनुहोला । सहयोगीमार्फत लाभ लिन सकिनेछ । गोपनीयतामा विशेष ध्यान दिनु आवश्यक छ ।

वृश्चिक स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रता सुदृढ हुनेछ । तर आफ्ना विषयमा अरूले हस्तक्षेप गर्न सक्छन् । सरकारी झन्झटमा पर्न सकिने सम्भावना छ ।

धनु परिस्थिति केही प्रतिकूल देखिए पनि अरूका लागि काम गर्नुपर्ने अवस्था आउन सक्छ । काम बिग्रने चिन्ता रहिरहनेछ । ठगी वा चोरीबाट सावधान रहनुहोला । आर्थिक कारोबारमा विशेष सतर्कता अपनाउनु आवश्यक छ ।

मकर दीर्घकालीन फाइदा हुने काममा लगानी गर्ने समय छ । तार्किक क्षमता बढ्नेछ । सभा समारोहमा सहभागी हुने अवसर मिल्नेछ । लगनशीलताले सफलता दिलाउनेछ ।

कुम्भ परम्परामा समय अनुसार परिवर्तन ल्याउन सकिनेछ । साथ दिने व्यक्तिहरू बढ्नेछन् । मान सम्मान प्राप्त हुनेछ । भाग्यले अप्रत्याशित फाइदा दिलाउन सक्छ ।

मीन प्रयास गरेका कामहरू छिट्टै सम्पन्न हुनेछन् । इच्छा शक्ति बढ्नेछ र रचनात्मक कार्य सुरु गर्न सकिनेछ । स्वास्थ्यमा केही समस्या देखिए पनि आत्मबलले काम अघि बढाउन सकिनेछ ।

Ads

सम्बन्धित पोष्टहरू