काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की बिहीबार बिहान मुगु पुगेकी छन्। उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत हुँदै मुगु पुगेकी हुन्।
प्रधानमन्त्री कार्कीले मुगुस्थित प्रसिद्ध राराताल पुगेर सुरक्षा निकायका प्रमुखहरूसँग भेटघाट गर्ने तथा तालको स्थलगत अवलोकन गर्ने कार्यतालिका रहेको छ।
मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री का अनुसार मुगु र जुम्ला भ्रमणपछि प्रधानमन्त्री कार्की भोलि त्यहीँबाट जनकपुर जाने योजना रहेको छ।
मुगु र जुम्लामा हुने अन्य कार्यक्रमबारे भने विस्तृत विवरण अझै प्राप्त नभएको प्रजिअ खत्रीले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्