Ads

राससको प्रधानसम्पादकमा महतो


काठमाडौँ, । आजदेखि राष्ट्रिय समाचार समिति ९रासस० को प्रधानसम्पादकमा शीतलप्रसाद महतोले जिम्मेवारी सम्हाल्नुभएको छ । राससको समाचार सेवालाई अझ बढी चुस्तदुरूस्त, व्यवस्थित, प्रभावकारी, गुणस्तरीय, परिणाममुखी र जवाफदेही बनाउन व्यवस्थापनले विभागीय जिम्मेवारी हेरफेर गरेकोे हो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाद्वारा यही चैत २ गते हस्ताक्षरित पत्रअनुसार अधिकृतस्तर दसौँ तहका महतोलाई सो जिम्मेवारीमा सरुवा गरिएको हो । यसअघि उहाँ प्रशासन प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

राससमा २०५६ सालदेखि स्थायी सेवा प्रवेश गरेका महतो लामो समयसम्म राससको तत्कालीन नारायणी अञ्चल कार्यालय, वीरगञ्जको प्रमुख तथा केन्द्रीय कार्यालयको समाचार सङ्कलन र सम्पादन शाखामा रही काम गरिसक्नुभएको अनुभव छ । उनी नेपाल पत्रकार महासङ्घका केन्द्रीय पूर्वसचिवसमेत भइसक्नुभएको छ ।

प्रबन्ध सम्पादकमा सिल्वाल, प्रमुख समाचारदातामा पाठक

यसअघिका प्रधानसम्पादक उत्तम सिल्वाललाई प्रबन्ध सम्पादकको जिम्मेवारी दिइएको छ । सिल्वालसँग प्रमुख समाचारदाता र प्रशासन प्रमुखको अनुभव छ । राससको संशोधित विनियमावली, २०८२ ले सो प्रबन्ध सम्पादक पदको नयाँ व्यवस्था गरेको छ ।

यसैगरी प्रमुख समाचारदातामा समाचार महाशाखाका उपप्रमुख एकराज पाठकलाई जिम्मेवारी दिइएको छ । पाठक यसअघि प्रधानसम्पादक र प्रमुख समाचारदाता भइसक्नुभएको छ ।

खोजमुलक समाचार र ‘पोडकाष्ट’ संयोजकमा न्यौपाने

हालसम्म प्रमुख समाचारदाता रहेका नारायणप्रसाद न्यौपानेलाई खोजमुलक समाचार र ‘पोडकाष्ट’ संयोजकको जिम्मेवारी दिइएको छ । उनले यसअघि समाचार सङ्कलन शाखाको उपप्रमुख र निमित्त प्रमुखको भूमिकामा पनि काम गरेका छन् । उनीहरू सबैले आजदेखि नयाँ जिम्मेवारी सम्हाल्नुभएको छ । नयाँ जिम्मेवारी प्राप्त विभागीय प्रमुखलाई महाप्रबन्धक सन्दीप राईले पदस्थापन गराउँदै बधाई दिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू