Ads

सुनचाँदी बजारमा निरन्तर गिरावट: तोलामा ७,८०० रुपैयाँले घट्यो सुन


स्थानीय बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य तोलामा ७ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदी पनि ११५ रुपैयाँले सस्तिएको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ८९५ रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि बिहीबार सुनको मूल्य ३ लाख २ हजार ३०० रुपैयाँ र चाँदी ५ हजार १० रुपैयाँ रहेको थियो। त्यस्तै, बुधबार सुन ३ लाख ७ हजार ७०० रुपैयाँ र चाँदी ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य दबाबमै देखिएको छ। आज एक औँस सुन करिब ४ हजार ७०० अमेरिकी डलर र चाँदी ७५ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको उतारचढाव र विनिमय दरको प्रभावले स्थानीय बजारमा समेत मूल्य घट्दो क्रममा देखिएको छ।

Ads

सम्बन्धित पोष्टहरू