मेष कृषि तथा चौपायाबाट हानि हुन सक्छ । व्यापार व्यवसायमा घाटा देखिन सक्छ भने स्वास्थ्यमा पनि समस्या आउन सक्छ । खर्च गर्दा सावधानी अपनाउनुहोस् । खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । अनावश्यक खर्च बढ्न सक्छ ।
वृष घरमा पाहुनाको आगमन हुन सक्छ । काममा सहयोगीहरूको राम्रो साथ मिल्नेछ । अन्न लाभको योग छ । धन सम्पत्तिमा वृद्धि हुन सक्छ र कसैबाट सहयोग प्राप्त हुनेछ । तर पढाइमा मन कम जान सक्छ, त्यसैले सचेत रहनुहोस् ।
मिथुन धन आर्जन गर्ने राम्रो अवसर मिल्नेछ । सोच्ने क्षमता बढ्नेछ र व्यापारमा उन्नति हुनेछ । अचानक उपहार प्राप्त हुने सम्भावना छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।
कर्कट यात्रा सुखद हुनेछ र यात्राका क्रममा हुने भेटघाटले मनोबल बढाउनेछ । आम्दानी राम्रो रहनेछ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुन सक्छ । टाढाको यात्रा पनि हुन सक्छ ।
सिंह खर्च बढ्ने, विवाद बढ्ने र काममा अवरोध आउने संकेत छ । स्वास्थ्य कमजोर हुन सक्छ । अरूमा भर पर्दा धोका हुन सक्छ र पैसा अड्किन सक्छ । बौद्धिक कार्यबाट केही लाभ भएपनि पेट सम्बन्धी समस्या हुन सक्छ ।
कन्या मनोबल र पराक्रम बढ्नेछ । अधुरा काम पूरा हुने र नयाँ कामको अवसर मिल्नेछ । आमाको सम्पत्तिबाट लाभ हुन सक्छ । तर बन्न लागेको काम बिग्रन सक्छ, त्यसैले सावधान रहनुहोस् ।
तुला प्रयासबाट धन आर्जन गर्ने अवसर मिल्नेछ । व्यापारमा लगानी सन्तोषजनक रहनेछ । आर्थिक अवस्था राम्रो रहनेछ । रोकिएका काम पूरा हुने र नयाँ काम सुरु गर्ने समय छ ।
वृश्चिक कृषि क्षेत्रमा बढी परिश्रम र लगानी आवश्यक हुनेछ । आजको मेहनतले भविष्यमा राम्रो फल दिनेछ । रमाइलो तरिकाले काम गर्ने अवसर मिल्नेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ ।
धनु वादविवाद र झगडामा पर्न सकिने सम्भावना छ, सावधान रहनुहोस् । नसोचेको ठाउँमा धन हानि हुन सक्छ । कामको बोझले थकान महसुस हुनेछ । घर परिवारमा समस्या आउन सक्छ र छिमेकीसँग विवाद हुन सक्छ ।
मकर मान प्रतिष्ठामा वृद्धि हुनेछ । अभिभावक र साथीभाइबाट सहयोग मिल्नेछ । मनमा केही द्विविधा रहन सक्छ । सामाजिक क्षेत्रमा नाम रहनेछ । जागिरमा सावधानी अपनाउनु आवश्यक छ । स्वास्थ्य सामान्य रहनेछ ।
कुम्भ नजिकका मित्रबाट विशेष सहयोग प्राप्त हुनेछ । दाजुभाइ तथा दिदीबहिनीबाट खुसीको खबर आउन सक्छ । काम सफल हुँदा मन प्रसन्न हुनेछ । गुरुजनको सहयोग र बुद्धिको प्रयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ ।
मीन धार्मिक, सामाजिक वा सांस्कृतिक कार्यमा संलग्न हुनुपर्नेछ, जसबाट शुभ संकेत प्राप्त हुनेछ । अप्रत्याशित स्थानबाट लाभ हुनेछ । उद्योग र व्यापारमा फाइदा हुनेछ । मिठो भोजनको अवसर मिल्नेछ ।
प्रतिक्रिया दिनुहोस्