Ads

२०८२ चैत्र १० गते मंगलबार, तपाईको दैनिक राशिफल


मेष अस्वस्थताका कारण राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने संकेत छ । आमाको स्वास्थ्य कमजोर हुन सक्ने भएकाले चिन्ता बढ्न सक्छ । धनमाल हराउने, चोरी हुने वा ठगीमा पर्ने योग देखिन्छ ।

वृष दाजुभाइ तथा दिदी बहिनी बीच असमझदारी बढ्न सक्छ । समाजले अस्वीकार गरेका वा खराब आचरण भएका व्यक्तिहरूसँग नजिकिनुपर्ने परिस्थिति आउन सक्छ । आम्दानीभन्दा खर्च बढी हुने समय छ ।

मिथुन आर्थिक समस्या समाधान हुने संकेत छ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ । परिवारजनमा असमझदारी र मित्रहरूसँग वैरभाव बढ्न सक्छ, तर व्यापारबाट फाइदा हुनेछ । विगतका कमजोरी सच्याउने अवसर मिल्नेछ ।

कर्कट विभिन्न अवसरहरू प्राप्त हुनेछन् । मुद्दा मामिला वा झमेलाबाट केही समयका लागि मुक्ति मिल्नेछ । यात्रा र सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनु आवश्यक छ । पढाइमा मन नलाग्ने देखिन्छ ।

सिंह घर जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । प्रतिष्ठित व्यक्तिसँग मित्रता बढ्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ, जस्तै ज्वरो, टाउको दुखाइ वा आँखाको समस्या । जिम्मेवारीका काम समयमा पूरा गर्न कठिन हुन सक्छ ।

कन्या घर खर्च बढ्नेछ र व्यापारमा मन्दी आउन सक्छ । तर लामो समयदेखि रोकिएका काम पूरा गर्न सकिनेछ । आफ्ना कमजोरी प्रति आफन्तबाट टिप्पणी आउन सक्छ । अवसर गुम्ने सम्भावना भएकाले सावधानी पूर्वक काम गर्नुहोला ।

तुला प्रयास गरेमा कठिन काम पनि सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नेछ र धन लाभ हुने सम्भावना छ । आफ्नो समूहको नेतृत्व गर्दै प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । कीर्तिमानी कार्य सम्पन्न गर्न सकिनेछ ।

वृश्चिक बहुमूल्य धातु संकलन गर्ने अवसर मिल्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ र शत्रुहरू परास्त हुनेछन् । प्रेम र मित्रताको सम्बन्ध मजबुत बन्नेछ । साथीभाइबाट फाइदा लिन सकिनेछ । उच्च महत्वाकांक्षाका कारण सोचेका काम पूरा हुनेछन् ।

धनु राजनीतिक पहुँच बढ्नेछ । तर भूमि सम्बन्धी वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ, त्यसैले सावधानी अपनाउनुहोस् । खर्च बढ्ने र आर्थिक अभावको अनुभव हुन सक्छ । विपरीत लिंगी वा हितैषी मित्रहरूको साथ मिल्नेछ ।

मकर आफ्नै कमजोरीका कारण अवसर गुम्न सक्छ । खराब संगतले मान सम्मानमा असर पार्न सक्छ । उच्च पदस्थ वा राजनीतिक व्यक्तिबाट धोका हुन सक्ने सम्भावना छ । खानपानमा विशेष ध्यान दिनुहोस् ।

कुम्भ व्यवसाय र उद्योगमा राम्रो फाइदा हुनेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नेछ र प्रतिभाको कदर हुनेछ । लुगा, भोजन र उपहार प्राप्त हुने सम्भावना छ । कृषि र पशुपालनबाट लाभ हुनेछ ।

मीन भूमिबाट लाभ प्राप्त हुनेछ । साथीभाइ र आफन्तको सहयोगले कठिन काम पनि सजिलै सम्पन्न हुनेछन् । विपरीत लिंगीबाट लाभ हुने सम्भावना छ । प्रेम र मित्रताको सम्बन्ध बलियो बन्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू