राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह को प्रधानमन्त्री पदको सपथग्रहण आगामी शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा हुने तय भएको छ।
बालेननिकट स्रोतका अनुसार निर्धारित साइतमै सपथग्रहण गराउने विषयमा राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकिएको छ। सपथ समारोहलाई धार्मिक तथा सांस्कृतिक रूपमा विशेष बनाउने तयारी गरिएको छ।
कार्यक्रममा १०८ जना बटुकद्वारा स्वस्तिवाचन गराइनेछ भने १०७ जना बौद्ध लामा गुरुहरूले मंगलवाचन गर्नेछन्। यसैगरी, ७ जना ब्राह्मणले शंखनाद गर्दै समारोहलाई सनातन परम्पराअनुसार गुन्जायमान बनाउने तयारी गरिएको छ।
सपथग्रहणलाई वैदिक र बौद्ध परम्पराको संयोजनसहित भव्य रूपमा आयोजना गर्ने तयारीले राजनीतिक मात्र नभई सांस्कृतिक सन्देशसमेत दिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्