राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन्। उनले बुधबार कोषको कार्यालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हाले।
कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई अध्यक्षमा मनोनीत गरेकी हुन्। विद्यमान व्यवस्थाअनुसार अध्यक्ष नियुक्त गर्ने अधिकार प्रधानमन्त्रीसँगै रहने व्यवस्था छ।
प्रधानमन्त्रीका प्रमुख स्वकीयसमेत रहेका श्रेष्ठको नियुक्तिलाई लिएर आलोचना भए पनि त्यसलाई बेवास्ता गर्दै उनी आगामी पाँच वर्षका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको नेतृत्वमा आएका छन्।
प्रतिक्रिया दिनुहोस्