मेष परिस्थितिले अप्ठ्यारा चुनौतीसँग सम्झौता गराएपनि प्रयास गर्दा सहयोगी मार्फत फाइदा लिन सकिनेछ । गोपनीयतामा विशेष ध्यान दिनुहोस् । समयमा सजग नभए शुभचिन्तकहरू पनि टाढा हुन सक्छन् । मेहनत गर्दा विस्तारै कर्मफल प्राप्त हुनेछ ।
वृष विछोडिएका आफन्तसँग भेटघाट हुनेछ र स्वादिष्ट भोजनमा रमाउने अवसर मिल्नेछ । रमाइलो जमघटले आनन्द दिलाउनेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा पुर्याउनेहरू पनि प्रशस्तै हुनेछन् ।
मिथुन स्वास्थ्यमा केही कमजोरी महसुस हुनेछ । केही बाध्यतापूर्ण काममा जुट्नुपर्ने हुन सक्छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य प्रतिकूल भएपनि हिम्मतका साथ काम गर्दा आकस्मिक समस्या समाधान गर्न सकिनेछ ।
कर्कट कामका क्रममा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । बुद्धिको प्रयोगले धेरैलाई आफ्नो पक्षमा ल्याउन सकिनेछ । काम पूर्ण नभएपनि आंशिक फाइदा हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै भविष्यमा फाइदा हुने काम गर्ने अवसर मिल्नेछ ।
सिंह विगतका सफलताले थप काम गर्न हौसला दिनेछ । प्रेरणादायी व्यक्तिहरूले रचनात्मक कार्यमा अग्रसर गराउनेछन् । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रो फाइदा हुनेछ । चिताएको काम पूरा हुँदा प्रसन्नता मिल्नेछ ।
कन्या नयाँ कामको प्रस्ताव आउनेछ भने पुराना कमजोरी सुधार गर्ने अवसर पनि मिल्नेछ । राम्रो धन आर्जन हुने समय छ । कामको चाप कम भई विश्रामको अवसर मिल्नेछ । परिवारको साथले उत्साह बढाउनेछ ।
तुला आशा छाडेको काम पूरा हुँदा उत्साह बढ्नेछ । उपलब्धिको स्रोत पहिचान गर्न सकिनेछ । तर अरूका काममा समय खर्चिनुपर्ने हुन सक्छ । अवसरका लागि जोखिमपूर्ण काम गर्नुपर्ने अवस्था आउन सक्छ ।
वृश्चिक शुभचिन्तकहरूको सुझाव बेवास्ता गर्दा दुःख पाइनेछ । अरूमा भर पर्दा धोका हुन सक्छ । मेहनतको फल भने प्राप्त हुनेछ । परिवारका आवश्यकता पूरा हुनेछन् । दीर्घकालीन फाइदा हुने काममा लगानी गर्ने अवसर मिल्नेछ ।
धनु खर्च लागेपनि टाढाको यात्राको प्रक्रिया अघि बढ्न सक्छ । दीर्घकालीन फाइदाका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुने समय छ । आयआर्जन राम्रो रहनेछ ।
मकर राम्रो धन तथा भौतिक लाभ हुने समय छ । गरिएका कामको उचित मूल्यांकन हुनेछ । व्यापार र साझेदारीमा फाइदा हुनेछ । प्रेम र मित्रताको सम्बन्ध सुदृढ हुनेछ र दाम्पत्य जीवन सुखद रहनेछ ।
कुम्भ वादविवादमा पर्ने सम्भावना भएकाले सोच विचार गरेर मात्र बोल्नुहोस् । आँटको कमीले योजना कार्यान्वयनमा समस्या आउन सक्छ । छिमेकीसँग असमझदारी बढ्न सक्छ, त्यसैले सावधानी अपनाउनुहोस् ।
मीन चुनौतीहरू पार गर्दै रोकिएका काम पूरा गर्न सकिनेछ । फाइदाको खोजीमा साथीभाइ टाढिन सक्छन् । कामका क्रममा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नैबाट धोका हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस्