Ads

प्रधानमन्त्रीले गरे कोशी प्रदेशका सांसदहरूसँग क्षेत्रगत समस्याबारे छलफल


प्रधानमन्त्री बालेन्द्र शाहले कोशी प्रदेशका सांसदहरूसँग सुशासन, सेवा प्रवाह र जनताका समस्याबारे छलफल गरेका छन्।

सोमबार सिंहदरबारमा भएको छलफलमा सबै दलका सांसदहरूले आफ्ना क्षेत्रका तत्कालीन र दीर्घकालीन समस्याबारे जानकारी गराएका थिए।

प्रधानमन्त्रीले प्राथमिकताका आधारमा समाधान अघि बढाइने बताएका छन्। सांसद यज्ञमणी न्यौपानेका अनुसार विकास, पूर्वाधार र सेवा सम्बन्धी विषय उठाइएको थियो भने इन्दिरा राना मगरले झापा–२ का पुल, सिंचाइ र तटबन्धका समस्या प्रस्तुत गरेकी थिइन्।

Ads

सम्बन्धित पोष्टहरू