नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको एकताको पक्षमा सबै नेता तथा कार्यकर्तालाई एकजुट हुन आह्वान गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले अहिलेको प्रतिकूल अवस्थामा फुटेर होइन, एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
देशका हरेक संकटमा नेपाली कांग्रेस एकजुट हुँदै आएको स्मरण गराउँदै उनले विगतका ऐतिहासिक परिवर्तनहरू पनि एकताकै बलमा सम्भव भएको बताएका छन्।
‘अहिलेको प्रतिकूलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुँदैन,’ उनले भने, ‘म महामन्त्री मात्र होइन, एक इमान्दार कार्यकर्ताका रूपमा भन्छु—हामी सबै एकजुट होऔँ।’
महामन्त्री पौडेलले एकतामै शक्ति निहित रहेको उल्लेख गर्दै यही बलले कांग्रेसलाई फेरि उज्यालो भविष्यतर्फ लैजाने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्