सर्वोच्च अदालतमा नेतृत्व परिवर्तन भएको छ।
सपना प्रधान मल्ल आजदेखि कायममुकायम (कामु) प्रधानन्यायाधीश बनेकी छन्।
प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश पाएपछि उनले यो जिम्मेवारी सम्हालेकी हुन्।
नेपालको संविधानअनुसार प्रधानन्यायाधीशको पद रिक्त हुँदा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशले स्वतः कामु प्रधानन्यायाधीशको जिम्मेवारी लिने व्यवस्था छ, सोही प्रावधानअनुसार मल्लले पद सम्हालेकी हुन्।
अब स्थायी प्रधानन्यायाधीश नियुक्तिका लागि भने संवैधानिक परिषद् पूर्ण हुनुपर्नेछ। परिषद्को सिफारिस, संसदीय सुनुवाइ तथा राष्ट्रपतिबाट नियुक्तिपछि मात्रै नयाँ प्रधानन्यायाधीश टुंगो लाग्नेछ।
प्रतिक्रिया दिनुहोस्