Ads

अधिवेशनअघि दलहरूको छलफल, आज सर्वदलीय बैठक


संघीय संसदको अधिवेशन आह्वान भएसँगै तयारी तीव्र बनाइएको छ।

सोही क्रममा संसद सञ्चालनका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ। संघीय संसद सचिवालयको आह्वानमा हुने बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा दलहरूबीच संसदको कार्यसूची, सञ्चालन र सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक भने १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ।

Ads

सम्बन्धित पोष्टहरू