Ads

उपाध्यक्ष थापाको अध्यक्षतामा एमालेको संसदीय दलको बैठक जारी


बिहीबारदेखि संसदको अधिवेशन सुरु हुने तयारीका बीच बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको नियुक्ति गर्ने प्रक्रिया टुंग्याउने बताइएको छ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिट जितेर कुल २५ सांसद पाएका छन्।

पार्टीका पूर्वउपाध्यक्ष एवं सांसद गुरु बराल का अनुसार बैठकमा पार्टीका महासचिव शंकर पोखरेल सांसदलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी दिनेछन्। बैठकले आगामी संसद अधिवेशनका लागि दलको रणनीति र कार्यविधि पनि समेट्ने अपेक्षा गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू