Ads

नयाँ संसद् अधिवेशन आजदेखि: पहिलो बैठकमै रवि लामिछानेको सम्बोधन


गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ।

सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजे बैठक बस्नेछ।

राष्ट्रपति रामचन्द्र पौडेल ले संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्।

आजको बैठकमा रवि लामिछाने ले सम्बोधन गर्ने कार्यक्रम छ। २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बनेको छ भने नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो र नेकपा चौथो दलका रूपमा रहेका छन्।

एमालेले रामबहादुर थापा बादल लाई संसदीय दलको नेता बनाएको छ भने नेकपाको नेतृत्व पुष्पकमल दाहाल ले गर्दैछन्। राप्रपाको संसदीय दलको नेतृत्व ज्ञानेन्द्र शाही ले सम्हालेका छन्।

पहिलो बैठकमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने परम्पराअनुसार लामिछानेले सम्बोधन गर्नेछन्। यसैबीच श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफूलाई सम्बोधनका लागि पर्याप्त समय नदिएको गुनासो गरेका छन्।

संघीय संसद सचिवालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले अहिलेसम्म सम्बोधनका लागि समय नमागे पनि बोल्न चाहेमा समय व्यवस्थापन गरिनेछ।

Ads

सम्बन्धित पोष्टहरू