Ads

बादलको अभिव्यक्तिले एमालेभित्र तरंग, आज आकस्मिक सचिवालय बैठक


नेकपा एमाले भित्र आन्तरिक बहस चुलिँदै गएको छ।

प्रतिनिधिसभाको बिहीबारको पहिलो बैठकमा रामबहादुर थापा बादल ले दिएको अभिव्यक्तिपछि पार्टीभित्रै आलोचना बढेपछि आज आकस्मिक सचिवालय बैठक बस्न लागेको हो।

दिउँसो १ बजेका लागि तय गरिएको बैठकमा बादलको अभिव्यक्ति र त्यसले सिर्जना गरेको विवादबारे गम्भीर छलफल हुने बताइएको छ। कार्यवाहक उपाध्यक्षसमेत रहेका बादलको प्रस्तुति पार्टीको नीति र मान्यताविपरीत गएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन्।

उपाध्यक्ष विष्णु पौडेल ले बादलको भनाइ पार्टीको आधिकारिक धारणा नभएको स्पष्ट पार्दै बैठकले आवश्यक निर्णय लिने बताएका छन्। त्यस्तै उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराई ले पनि बादलको अभिव्यक्ति शैलीप्रति असन्तुष्टि जनाएका छन्।

संसदीय मर्यादाविपरीत अभिव्यक्ति आएको भन्दै एमालेभित्र आन्तरिक दबाब बढ्दै गएको छ। आजको बैठकले विवाद समाधान गर्दै पार्टीभित्र एकरूपता कायम गर्ने अपेक्षा गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू