Ads

सभामुखमा डीपी अर्यालको उमेद्वारी, प्रस्तावक रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल ले प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।

शुक्रबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पुगेर उनले औपचारिक रूपमा मनोनयनपत्र बुझाएका हुन्।

अर्यालको उम्मेदवारीलाई पार्टीभित्रै बलियो समर्थन देखिएको छ। प्रस्तावकका रूपमा पार्टी सभापति रवि लामिछाने रहेका छन् भने समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री सोबिता गौतम र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल रहेका छन्।

प्रतिनिधिसभामा करिब दुईतिहाइ मत (१८२ सिट) सुनिश्चित भएकाले अर्याल सभामुख बन्ने सम्भावना उच्च देखिएको छ। पार्टीभित्र नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका अर्यालले सभामुख पदमा पनि प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

स्मरणीय छ, सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका बेला अर्यालले पार्टीको नेतृत्व सम्हाल्दै जिम्मेवार भूमिका देखाएका थिए। २०७९ सालमा समानुपातिक सांसद बनेका उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत भइसकेका छन्।

Ads

सम्बन्धित पोष्टहरू