Ads

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै


पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा महत्वपूर्ण सुनुवाइ हुँदै छ।

यसअघि अदालतले जारी गरेको ‘कारण देखाऊ’ आदेशको जवाफमा विपक्षी पक्षबाट लिखित प्रतिवेदन प्राप्त भइसकेपछि आजको सुनुवाइलाई निर्णायक रूपमा हेरिएको छ। कानुनी तथा राजनीतिक वृत्त दुबैको ध्यान यतिबेला सर्वोच्चको इजलासतर्फ केन्द्रित छ।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार १४ चैतमा प्रहरीले दुवै नेतालाई पक्राउ गरेको थियो। त्यसयता राजनीतिक माहोल तातिएको छ भने सत्तापक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोप तीव्र बनेका छन्।

पक्राउ लगत्तै १५ चैतमा ओलीपत्नी राधिका शाक्यले श्रीमानलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्। त्यस्तै, लेखककी पत्नी यशोदा लेखकले पनि छुट्टै निवेदनमार्फत तत्काल थुनामुक्त गर्न माग गरेकी छन्।

अब सर्वोच्च अदालतको आदेशले यो प्रकरणले कुन मोड लिन्छ भन्ने चासो व्यापक छ। अदालतले थुनामुक्त गर्ने वा अनुसन्धानलाई निरन्तरता दिने निर्णय गर्छ—आजको सुनुवाइले त्यसको स्पष्ट दिशा तय गर्नेछ।

Ads

सम्बन्धित पोष्टहरू