Ads

फेवाताल प्रकरणमा गृहमन्त्री गुरुङकै दाबी: “हामी आफैं ठगियौँ”


भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री सुधन गुरुङ आफैं पोखराको फेवाताल जग्गा प्रकरणमा ठगिएको दाबी गरेका छन्।

सर्वोच्च अदालतको आदेशअनुसार फेवाताल अतिक्रमण हटाउने अभियान सञ्चालन भइरहेका बेला गुरुङले लिजमा लिएको जग्गा नै अतिक्रमणभित्र परेको खुलासा भएको हो।

गुरुङको सचिवालयका अनुसार, जग्गाधनीहरूले अतिक्रमण भएको तथ्य लुकाएर झुक्क्याउँदै जग्गा लिजमा दिएको भन्दै मन्त्री गुरुङसहित तीन जना साझेदार अब कानुनी उपचारको तयारीमा छन्।

करिब ८–१० वर्षअघि पोखराको फेवाताल किनारमा साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालन गर्ने योजना अघि बढाइएको थियो। गुरुङसहित तीन युवा उद्यमीले ठूलो लगानी र सपनाका साथ उक्त परियोजना सुरु गरेका थिए।

गुरुङका अनुसार, “जग्गा लिँदा ६५ मिटर मापदण्डभित्र नपर्ने भनेर विश्वास दिलाइयो, लालपुर्जामा समेत सुरक्षित देखाइयो। तर पछि बुझ्दा त्यो मापदण्डभित्रकै रहेछ।”

ठगी भएको थाहा पाएपछि आफूहरूले तत्कालै काम रोकेको उनको भनाइ छ। “हामीलाई झुक्क्याइएको पुष्टि भएपछि नैतिकताको आधारमा सम्पूर्ण निर्माण र लगानी रोक्यौं,” उनले भने।

आफ्नो सपना र लगानीमाथि भएको ‘खेलबाड’ अस्वीकार्य भएको उल्लेख गर्दै गुरुङले अब कडा कानुनी लडाइँ लड्ने स्पष्ट पारेका छन्।

“हामीमाथि भएको अन्याय र ठगीविरुद्ध कडाभन्दा कडा कानुनी उपचारका लागि हामी दृढताका साथ अघि बढ्छौं,” उनले भने।

Ads

सम्बन्धित पोष्टहरू