Ads

इन्धन कर हटाएर जनतालाई राहत दिन खुश्बु ओलीको माग


राप्रपा सांसद खुश्बु ओलीले पेट्रोलियम पदार्थमा लगाइएको कर हटाई जनतालाई राहत दिन सरकारसँग माग गरेकी छन्।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन्।

उनले बजेट प्रणालीलाई पारदर्शी बनाउन अनलाइन पोर्टल निर्माण गर्नुपर्ने पनि बताइन्।

स्वार्थका आधारमा बजेट विनियोजन रोक्न सो पोर्टल सार्वजनिक गर्नुपर्ने उनको जोड छ। यसो भएमा नेताहरूले आफ्नो क्षेत्रमा बजेट ल्याएको भन्दै दम्भ गर्ने प्रवृत्ति अन्त्य हुने उनको दाबी छ।

Ads

सम्बन्धित पोष्टहरू