Ads

प्रीतिले कम्बोडियन महिला लिग खेल्ने


नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई ले अब कम्बोडियाको महिला लिग खेल्ने भएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत आफू प्रेह खान रीच स्वाय रिएङ एफसी बाट लिग खेल्न लागेको जानकारी दिएकी हुन्।

यसअघि उनले जोर्डनको इतिहाद क्लब बाट खेलिसकेकी थिइन्। त्यस्तै, भारतको किक स्टार्ट्स क्लब बाट इन्डियन वुमेन्स लिग पनि खेलेकी अनुभव छ।

नेपालमा भने उनी विभागीय टोली एपीएफ क्लब सँग आबद्ध छिन्।

उनको यो कदमले नेपाली महिला फुटबल खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय अवसर अझ विस्तार हुँदै गएको संकेत गर्छ।

Ads

सम्बन्धित पोष्टहरू