नेपाल सरकारका मन्त्रीहरूको वरीयता हेरफेर गरिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपतिले मन्त्रिपरिषद्का सदस्यहरूको नयाँ वरीयता निर्धारण गरेका हुन्।
नयाँ वरीयताअनुसार गृहमन्त्री सुधन गुरुङको स्थान घटेको छ। यसअघि उच्च स्थानमा रहेका उनी अहिले पाँचौँ वरीयतामा झरेका छन्।
मन्त्रीहरूको कार्यसम्पादन, जिम्मेवारी र राजनीतिक सन्तुलनलाई ध्यानमा राख्दै वरीयता पुनः निर्धारण गरिएको स्रोतले जनाएको छ। नयाँ सूचीअनुसार अन्य मन्त्रीहरूको वरीयतामा पनि आंशिक फेरबदल गरिएको छ।
सरकारले वरीयता हेरफेरलाई नियमित प्रशासनिक प्रक्रिया भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्