Ads

एकै दिन सुनमा ठूलो उछाल: ७,२०० रुपैयाँ बढेर २,९९,००० पुग्यो


स्थानीय बजारमा बुधबार (चैत २५) सुनको मूल्य अचानक बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन प्रतितोला ७२ सय रुपैयाँले वृद्धि भएको हो।

आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन खरिद गर्नुपर्दा दुई लाख ९९ हजार रुपैयाँ खर्चिनुपर्नेछ। यस अघि हिजो सुनको मूल्य दुई लाख ९१ हजार ८०० रुपैयाँ थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला २०५ रुपैयाँले बढेर पाँच हजार २५ रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन यसको मूल्य चार हजार ८२० रुपैयाँ थियो।

विशेषज्ञहरूले हालको बजार उतार–चढावलाई सुन र चाँदीको वैश्विक मूल्यसँग जोडेर विश्लेषण गरिरहेका छन्।

Ads

सम्बन्धित पोष्टहरू