Ads

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ


प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज दिउँसो १२ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलसँगैको सभाकक्षमा बस्ने भएको छ।

संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार बैठक प्रतिनिधिसभाको बैठकअघि आवश्यक कार्यव्यवस्थाका विषयमा छलफल गर्न आयोजना गरिएको हो।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ। बैठकको सम्भावित कार्यसूचिअनुसार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्नेछन्।

यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्ने तयारीमा छन्। सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि अघि बढाइनेछ। बैठकको क्रममा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर उपस्थित सदस्यहरूलाई जानकारी गराउने कार्यक्रम रहेको छ।

प्रतिनिधिसभाको बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको संसद् सञ्चालनलाई थप व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू