Ads

तोलामा ७२ सयले बढ्यो सुन मूल्य


काठमाडौं,। स्थानीय बजारमा आज बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन प्रतितोला ७२ सय रुपैयाँले बढेर दुई लाख ९९ हजार रुपैयाँमा कायम भएको छ ।

हिजो मंगलबार दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । यस दिन तोलामा २०५ रुपैयाँले बढेर पाँच हजार २५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी चार हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू