प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले राष्ट्रिय एकता कायम राख्न सधैं अग्रसर रहँदै आएको बताएका छन्।
आज आयोजित भूतपूर्व सैनिक सम्मेलनमा उनले सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणमा इतिहासदेखि नै अतुलनीय योगदान दिएको बताए।
प्रधानसेनापति सिग्देलले नेपाली सेनालाई आफ्नो ऐतिहासिक परम्परा कायम राख्दै वर्तमान तथा भविष्यका चुनौती सामना गर्न सक्षम संस्था बनाउनुपर्नेमा जोड दिनुभयो। उनले आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा सेनाको भूमिकाले यसलाई स्वदेश तथा विदेशमा सम्मानित बनाएको पनि उल्लेख गर्नुभयो।
यसैगरी, उनले सेनाको कल्याणकारी बोर्डले लाभग्राहीलाई एउटै छानामुनि ल्याउन सञ्जाल विस्तार गरिरहेको जानकारी दिँदै आर्थिक सुस्तता, बैंकिङ क्षेत्रमा चुनौती र शान्ति स्थापनामा खटिएका फौजको सङ्ख्यामा कटौतीले कल्याणकारी कार्यक्रम सञ्चालनमा चुनौती थपेको बताउनुभयो।
प्रतिक्रिया दिनुहोस्