Ads

सरकारले बढायो सार्वजनिक यातायात र ढुवानीका साधनको भाडा


राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकारले सार्वजनिक यातायात र मालवाहक सवारी साधनको भाडा वृद्धि गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा यातायात व्यवस्था विभाग, नयाँबानेश्वरले नयाँ भाडा लागू गर्ने तयारी गरेको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार सार्वजनिक यातायातको भाडा न्यूनतम १६.७१ प्रतिशतले वृद्धि भएको छ। मालवाहक सवारी साधनको भाडा पनि त्यही दरमा बढेको छ। पहाडी क्षेत्रका मालवाहक सवारीको भाडा २१.६८ प्रतिशतले बढेको छ भने तराई क्षेत्रका मालवाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढेको सिटौलाले जानकारी दिएका छन्।

इरान–अमेरिका युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकाशिएको बताउँदै व्यवसायीहरूले भाडा बढाउन सरकारमा दबाब दिनु परेको छ। सरकारको यो निर्णयसँगै नेपाली उपभोक्ता बजार महँगिने भएको छ र सार्वजनिक सवारीका यात्रुको खर्च पनि बढ्ने छ।

यातायात व्यवस्था विभागले बुधबार नयाँ भाडादरको विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

Ads

सम्बन्धित पोष्टहरू