प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरेको छ। निर्वाचन तालिकाअनुसार दिउँसो २:३० बजे उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिनेछ।
उपसभामुख पदको निर्वाचन भने शुक्रबार अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा हुने तय भएको छ।
यस पदका लागि श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्य दाबी प्रस्तुत गरेका छन्। हालको संसदीय अंकगणितअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थन निर्णायक रहने देखिएको छ, जसलाई समर्थन गर्छ, सोही दलका उम्मेदवार उपसभामुख बन्ने सम्भावना बलियो छ।
प्रतिनिधिसभाको वर्तमान संरचनाअनुसार रास्वपाका १८२, नेपाली कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राप्रपाका ५ र एक स्वतन्त्र सांसद रहेका छन्।
प्रतिक्रिया दिनुहोस्