पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले हाजिर जमानतमा परिवारको जिम्मा लगाएर रिहा गरेको छ।
उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेका ओलीलाई हाजिरी जमानीमा छाडिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले जानकारी दिएका छन्।
‘जेन–जी आन्दोलन’सँग सम्बन्धित घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा ज्यानसम्बन्धी कसुरमा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको थियो। उनीहरूलाई १४ चैतमा निवासबाटै नियन्त्रणमा लिइएको थियो।
तर अनुसन्धानका क्रममा मुद्दा दायर गर्न पर्याप्त प्रमाण नपुगेपछि दुवै नेतालाई रिहा गर्ने निर्णय गरिएको हो।
यसअघि सर्वोच्च अदालतले उनीहरूमाथि मुद्दा दायर गर्न वा निश्चित समयसीमाभित्र रिहा गर्न आदेश दिएको थियो। सोही आदेशअनुसार प्रहरीले ओलीलाई हाजिर जमानतमा छाडेको हो।
प्रतिक्रिया दिनुहोस्