प्रतिनिधिसभाको उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको दाबी गरिएको छ।
राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीका अनुसार रास्वपाले उपसभामुखमा राप्रपाका उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको छ। “अहिले भर्खर रास्वपा सभापति रवि लामिछानेजीले फोन गरेर समर्थन गर्ने जानकारी दिनुभयो,” शाहीले बताएका छन्।
यस सहमतिसँगै उपसभामुख चयनमा नयाँ राजनीतिक समीकरण देखिएको छ, जसले निर्वाचनको परिणाममा निर्णायक प्रभाव पार्न सक्ने आकलन गरिएको छ।
प्रतिनिधिसभाको उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया आज (चैत २६)बाट सुरु भइसकेको छ। आजै दिउँसो २ बजेसम्म मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ भने शुक्रबार (चैत २७) अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखको निर्वाचन हुने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस्