Ads

उपसभामुखको निर्वाचन आज


प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ। संसद सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक दिउँसो ४ बजे बस्नेछ र सो बैठकमा उपसभामुखको निर्वाचन गर्ने कार्यसूची रहेको छ।

उपसभामुख पदका लागि बिहीबार उम्मेदवारी दर्ता गरिएको थियो। यस पदका लागि श्रम संस्कृति पार्टीकी रुबी कुमारी (ठाकुर) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामाले उम्मेदवारी दिएका छन्।

रुबी कुमारी (ठाकुर)लाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित नेकपा लगायतका अन्य दलको समर्थन प्राप्त छ।

यसअघि दिउँसो ३ बजे प्रतिनिधिसभा र राष्ट्रियसभा संयुक्त बैठक बस्दैछ, जहाँ राष्ट्रपति रामचन्द्र पौडेलले सांसदहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

Ads

सम्बन्धित पोष्टहरू