Ads

रास्वपाको विशाल जनमतभन्दा ठूलो रवि र बालेनको हृदय: सांसद सिंह


उपसभामुखको निर्वाचन प्रक्रियामा राजनीतिक दलबीच उठेको विवादका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले राप्रपालाई आफ्नो दलमाथि कटाक्ष नगर्न आग्रह गरेका छन्।

सिंहले सदनलाई कटाक्ष गर्ने स्थल मात्र नभई देश निर्माणको प्लेटफर्म बनाइरहनुपर्ने बताए। उनले भने, “देश विकासका लागि सबै दलहरू एकठाउँमा आउनुपर्छ। एउटै घटनाले कटाक्ष गर्न मिल्दैन। रास्वपाले पाएको विशाल जनमत भन्दा हाम्राे पार्टीका सभापतिको हृदय विशाल छ। प्रधानमन्त्री बालेनज्यूको हृदय पनि विशाल छ।”

सिंहले उपसभामुख पदका लागि रुवीकुमारी ठाकुरलाई प्रस्ताव गरिएको घटनामा आलोचना भए पनि यसलाई व्यक्तिगत वा दलगत द्वन्द्वको माध्यम नबनाउन ध्यान दिन सुझाएका छन्। उनको यो अभिव्यक्तिले उपसभामुख प्रकरणमा राजनीतिक संयमता र सहकार्य आवश्यक रहेको सन्देश दिएको छ।

Ads

सम्बन्धित पोष्टहरू