मेष व्यवसायिक काममा फाइदा उठेपनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।
वृष विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझाव प्रति विश्वास नलाग्न सक्छ । तर, काममा माता पिताको सहयोग प्राप्त हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ ।
मिथुन गर्दै आएको कामलाई निरन्तरता दिन सकिनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला । विभिन्न सहयोग र उपहार पाइनेछ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागि हुने समय छ ।
कर्कट सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा जाग्नेछ । तर, समयमै होश नपुग्नाले अनावश्यक खर्च मात्र हुन सक्छ ।
सिंह प्रेम र मित्रताको सम्बन्ध सुदृढ हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ । रमाइलो यात्राको अवसर पनि मिल्न सक्छ । तर, शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।
कन्या बन्धु बान्धव र इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ ।
तुला आजको प्रयास निष्फल जस्तै बन्न सक्छ । काम बिग्रने भयले सताउन सक्छ । लगानी, दौडधुप र प्रयत्नको उचित मूल्य नपाइने समय छ । तर, स्वादिष्ट भोजनको आनन्द प्राप्त हुन सक्छ ।
वृश्चिक अनुकूल समय छ । सहयोगीहरूको राम्रो साथ पाइनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर मिल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । तर, आलोचना र मान सम्मानमा आघात पुग्ने सम्भावना पनि छ ।
धनु व्यापार तथा उद्योगमा फाइदाको योग छ । यात्रामा खर्च बढ्न सक्छ । प्रतिस्पर्धा र द्वन्द्वमा सावधानी आवश्यक छ । शत्रु र प्रतिस्पर्धीलाई पराजित गर्न सकिनेछ । कर्मको उचित प्रतिफल पाइनेछ ।
मकर असावधानीपूर्ण खानपानले स्वास्थ्य कमजोर बन्न सक्छ । पढाइ लेखाइमा समय दिन नसकिन सक्छ । व्यवसायिक काममा अपेक्षित लाभ नहुन सक्छ । तर, सामाजिक क्षेत्रमा नेतृत्व प्राप्त हुने योग छ ।
कुम्भ सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्न सक्छ, सचेत रहनुहोला । प्रयास गर्दा अवसरको फाइदा लिन सकिनेछ । तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ ।
मीन काममा अवरोध आउने समय छ । सन्तान वा मातृ शक्तिको सल्लाह र सहयोगले फाइदा मिल्नेछ । आयआर्जन राम्रै हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ ।
प्रतिक्रिया दिनुहोस्