Ads

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, हर्क साम्पाङले स्रोत खुलाउन माग


प्रधानमन्त्री र मन्त्रीहरूको व्यक्तिगत सम्पत्ति विवरण सरकारले सार्वजनिक गरेसँगै राजनीति घामछाउँमा आएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सम्पत्तिको स्रोत खुलाउन सरकारलाई आग्रह गरेका छन्।

साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, “सरकारमा रहेका सबैको सम्पत्ति यति–यति भन्ने आयो। अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो। स्रोतबिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ, स्रोत प्रस्टइदिनुपर्छ।”

आइतबार प्रधानमन्त्री वालेन्द्र शाहसहित सम्पूर्ण मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको थियो। साम्पाङको यो मागले अब सार्वजनिक सम्पत्ति विवरणको पारदर्शिता र स्रोतबारे गम्भीर बहस सुरु हुने संकेत दिएको छ।

विशेषज्ञहरू भन्छन्, सार्वजनिक सम्पत्ति विवरण मात्र पर्याप्त हुँदैन, त्यसको स्रोत खुलाउनाले नागरिकमा विश्वास बढ्छ र भ्रष्टाचारको सम्भावना न्यून हुन्छ।

Ads

सम्बन्धित पोष्टहरू