Ads

पत्रकारलाई सभामुख अर्यालले भने– मेरो गल्ती भए सुझाव दिनुहोस्, म तुरुन्तै माफी माग्न सक्छु


प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शुक्रबार आयोजित संसदीय रिपोर्टिङ गर्ने पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा आफ्नो गल्तीहरू औँल्याइदिन अनुरोध गरेका छन्।

सभामुख अर्यालले भने, “मेरो गल्ती भए सुझाव दिनुहोस्, म तुरुन्तै माफी माग्न सक्छु। तर, त्यस गल्तीमा नखेल्नुस्। अहिले मलाई घाटा होला, तर कालान्तरमा संस्थालाई घाटा हुन्छ।” उनले पत्रकारहरूलाई व्यक्तिकेन्द्रित नभई संस्थाकेन्द्रित भएर सुझाव दिन आग्रह गरे।

सभामुखले पद नयाँ भएकाले सिक्नुपर्ने कुरा धेरै बाँकी रहेको र सबै नागरिकले सरकारको पहुँच महसुस गर्नुपर्ने बताउँदै समानता र समावेशी नेतृत्वको प्रतिवद्धता व्यक्त गरे। उनले उदाहरणसहित भने, “चप्पल लगाउने हरेकलाई जुत्ता लगाउने, साइकल चढ्ने हरेकलाई गाडी चढ्ने बनाउन चाहन्छौँ।”

अर्यालले नेतृत्वलाई व्यक्तिवादी नभई समावेशी बनाउनुपर्नेमा जोड दिंदै पत्रकारहरूलाई सल्लाह दिन र सहकार्य गर्न आग्रह गरे।

Ads

सम्बन्धित पोष्टहरू