राजनीतिक गतिविधिमा सक्रियता बढाएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार एमाले जनसंगठनका नेताहरूसँग छलफल गरेकी छन्।
भण्डारीले असार १४ गते हुने मदन भण्डारी हिरक जयन्ती कसरी मनाउने भन्ने विषयमा सुझाव संकलन गरेकी हुन्। छलफलमा वर्तमान केन्द्रीय सचिव भानुभक्त ढकाल पनि सहभागी थिए।
फाउण्डेशनकी संरक्षक भण्डारीले पार्टीको फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा भएको क्षति वा सांगठनिक बहसबारे कुनै धारणा व्यक्त गरेकी छैनन्। छलफल नयाँ बानेश्वर, थापागाउँस्थित मदन भण्डारी फाउण्डेशनको कार्यालयमा भएको थियो।
प्रतिक्रिया दिनुहोस्