राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ देखि जिल्लास्तरीय अधिवेशन सुरु गर्ने भएको छ।
पार्टीको सचिवालय बैठक आइतबार बसेको थियो, जसमा यस विषयमा निर्णय गरिएको हो। पार्टी प्रवक्ता मनिष झा ले बैठकको निर्णयबारे जानकारी दिएका छन्।
बैठक पार्टी केन्द्रीय कार्यालय मा सम्पन्न भएको थियो।
रास्वपाले भोलि (सोमबार) केन्द्रीय समिति बैठक बस्ने जनाएको छ। केन्द्रीय समितिको बैठकमा सचिवालय बैठकका एजेन्डा अनुमोदन गर्ने कार्यसूची तय भएको छ।
प्रतिक्रिया दिनुहोस्