मेष अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ ।
वृष समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । मेहनत अनुसार फाइदा कमै होला । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् ।
मिथुन ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूले फसाउन सक्छन् । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
कर्कट आम्दानी बढ्नेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ ।
सिंह कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ ।
कन्या आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । प्रयत्न गर्दा व्यवसायिक काम सम्पादन हुनेछन् ।
तुला लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ ।
वृश्चिक साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
धनु अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् ।
मकर सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यवसायिक काममा खर्च बढ्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला ।
कुम्भ व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउने छन् । व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ ।
मीन भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका
प्रतिक्रिया दिनुहोस्