Ads

‘युवा प्रतिभा र नयाँ नेतृत्वमा केन्द्रित छौँ’


नेपाल राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले युएईविरुद्धको आसन्न टी–२० श्रृंखलाका लागि टोली उत्साहित रहेको बताएका छन्।

प्रशिक्षक लले सञ्चारकर्मीहरूसँगको कुराकानीमा नयाँ खेलाडीहरूले आफ्नो क्षमता प्रमाणित गर्ने उत्कृष्ट अवसर पाएको बताए।

विश्वकप टोलीको तुलनामा पाँच परिवर्तनसहित आएको ‘नयाँ लुक्स’को टोलीबारे ललेले भने, “यी खेलाडीहरूले प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेर आफ्नो स्थान सुरक्षित गरेका हुन्। नेटमा मात्र क्षमता देखिँदैन, अन्तर्राष्ट्रिय दबाबपूर्ण खेलमा अवसर दिनुपर्छ।”

टी–२० विधामा दीपेन्द्र सिंह ऐरीलाई नयाँ कप्तान बनाइएको छ। प्रशिक्षक लले बताए, टोली मैदानमा ऐरीले नेतृत्व गर्नेछन्, उनले केवल मार्गदर्शन दिने काम गर्छन्। ऐरीले कप्तान नभए पनि नेतृत्वदायी भूमिका निभाउँदै आएका छन्, र यो उनका करियरका लागि नयाँ र महत्वपूर्ण कदम भएको ललेको भनाइ छ।

Ads

सम्बन्धित पोष्टहरू