Ads

कर्णाली पुगेर कुलमानले भने : पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिनुपर्छ


उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन्।

कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमका क्रममा आज आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, “कर्णालीमा विकट भूगोल भएकाले इन्धनको मूल्य वृद्धि हुनु हुँदैन। नजिकको छिमेकी भारतले पनि मूल्य वृद्धि नगरेको छ, यसमा सरकारले नागरिकमाथि भार घटाउन सक्दछ।”

घिसिङले कर्णालीमा विद्युतीकरणको काममा आफ्नो अनुभव साझा गर्दै, नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा करिब रु ३५ अर्ब लगानी सुनिश्चित गरिएको र १३२ केभी प्रसारण लाइनको काम जुम्लासम्म भइरहेको जानकारी दिएका छन्।

उनले पार्टी गठनले चुनावमा तत्काल पूर्ण व्यवस्थापन गर्न नसके पनि, आगामी चुनावमा उनेपा ठुलो पार्टी भएर वडा तहसम्म संगठन विस्तार गर्ने योजना रहेको बताएका छन्।

Ads

सम्बन्धित पोष्टहरू