नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीले अंगिकार गरेको जनताको बहुदलीय जनवाद (जबज) मार्गदर्शक सिद्धान्त अगाडि नेपाली राजनीतिमा सिर्जित लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद अस्थायी चुनौती मात्र भएको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गर्दै कम्युनिस्ट आन्दोलनको गौरवपूर्ण इतिहासको सम्मान गर्दै समाजवादको मार्गमा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
महासचिव पोखरेलले पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्मचारी र मोतीदेवी श्रेष्ठलगायतका नेताहरूको योगदानलाई स्मरण गरेका छन्।
आज एमाले केन्द्रीय कार्यालयमा आयोजित ७७औँ स्थापना दिवस कार्यक्रममा उपत्यकाका नेता तथा कार्यकर्तालाई सहभागी हुन र काठमाडौंबाहिर सम्बन्धित कमिटीले आयोजना गरेका कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस्