सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी विषयमा अध्ययन गर्न अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ।
बिहीबार सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। कार्यदलको संयोजन सूचना तथा सञ्चार प्रविधि सल्लाहकारले गर्ने बताइएको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, यस कार्यदलले सरकारी प्रणालीमा सुधार र प्रविधिको प्रभावकारी प्रयोगका लागि सुझावहरू तयार गर्नेछ।
यस पहलले सरकारी निकायमा डिजिटल प्रणालीको व्यवस्थापन र सुधारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्