कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मन्त्री सोविता गौतमसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेट गरेका छन्।
भेटका क्रममा दुई पक्षले विगतको कानुनी सुधार सम्बन्धी सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल गरेका छन्। मन्त्रालयका अनुसार कानूनमन्त्री गौतमले बदलिँदो विश्व राजनीति र प्रविधिको दृष्टिले सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स लगायतका क्षेत्रमा उपयुक्त कानूनको आवश्यकता रहेको विषयमा जोड दिएकी छन्।
यस्तै, दुई देशबीच सहकार्यका नयाँ क्षेत्र पहिचान गर्ने र जापान सरकारलाई आवश्यक परे छलफलका लागि नेपाल खुला रहेको सन्देश दिने विषयमा पनि केन्द्रित छलफल भएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्