Ads

विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा काठमाडौँ


हाल काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक वृद्धि भएको छ।

वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय वेबसाइट आइक्यू एयर (IQAir) का अनुसार बिहीबार अपराह्न ४ बजे काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा रहेको छ।

अहिलेसम्मको तथ्यांक अनुसार काठमाडौँको वायु गुणस्तर सूचकांक (AQI) २०४ पुगेको छ। AQI २०१–३०० को दायरामा पर्नु “धेरै अस्वस्थकर” (Very Unhealthy) वर्गमा पर्छ। यस्तो अवस्थामा स्वास्थ्य जोखिम धेरै बढ्छ, विशेष गरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिहरूमा।

विश्वका अन्य प्रदूषित शहरहरूको सूचीमा पाकिस्तानको लाहोर १५१ एक्युआईसहित दोस्रो, बंगलादेशको ढाका १३४ एक्युआईसहित तेस्रो, अल्जेरियाको अल्जियर्स १३२ एक्युआईसहित चौथो र थाइल्याण्डको चियाङ माई १२४ एक्युआईसहित पाँचौं स्थानमा रहेको छ।

विशेषज्ञहरूले यस्तो अवस्थामा बाहिरी शारीरिक व्यायाम जस्तै ‘मर्निङ वाक’ नगर्न, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, र वायु प्रदूषणबाट बच्न मास्कलगायत सुरक्षा उपाय अपनाउन सुझाव दिएका छन्।

पछिल्लो केही दिनयता काठमाडौँको आकाश धुम्म रहेको छ र वायु प्रदूषण घटाउने उपायहरू तत्काल आवश्यक देखिएको विज्ञहरूले जनाएका छन्।

Ads

सम्बन्धित पोष्टहरू